सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटबाट लागु औषध खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं। रौतहटको चन्द्रपुरबाट लागु औषध खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलिले चन्द्रपुर वडा न ४ बाट बर्ष ३१ को सागर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । पक्राउ परेका श्रेष्ठलाई लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भै रहेको रौतहट प्रहरीले जनाएको छ ।

रौतहट प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार चन्द्रनिगाहपुर प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

यस अघि चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्ड बहादुर थापालाइ पनि प्रहरीले एक ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »