काठमाडौं । तामाङ गीत संगीतको क्षेत्रमा निकै रुचाईएका अविशेक तामाङको “पोङ्दी नाम्साला साईली भाग —२”मा रहेको गीत “ गदे जेना म्राङ्जिम” एकलाख भन्दा बढी दर्शक श्रोताको रोजाईमा परेको छ ।
केहि दिन अगाडीमा तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजाजिक गरिएको गीतलाई आजसम्म एकलाख दशहजार भन्दा माथि दर्शकले हेरी सकेका छन् ।
तामाङ समुदायमा चर्चामा रहेको सांगीतिक समुह वाईयसके ग्रुप संगको सहकार्यमा निर्माण भएको यो गीतको शब्द,संगीत जिवन योन्जन,स्वर अविशेक तामाङ,एरेन्ज कार्साङ लामा तथा मिक्स मास्टरीङमा दिपेश प्रधान रहेका छन् भने र्यापमा वाईयसके ग्रुपले साथ दिएका छन् ।
गीतको भिडियोमा मुख्य अभिनय सागर घिसिङ,लाक्पा लामा र अम्बिका तामाङले गरेका छन् ।
भिडियोको छायांकन जितु तामाङ,नृत्य निर्देशन सुविन चौहान,श्रृंगार मन्दिरा दोङ,प्रोडक्सन म्यानेजर निमा तामाङ(राम),सम्पादन तथा कलर जितु तामाङ,ग्राफिक्स प्रविन राई, पोष्टर आर्ट तथा निर्देशन बिजय दोङले गरेका हुन् ।
दुई चार हजार दर्शकमै चित्त बुझाउनु पर्ने अवस्थामा रहेको गीत संगीतको बजारमा यो गीतले लाख भन्दा माथि दर्शक पाउँदा निर्माण पक्षले खुसी व्यक्त गरेका छन् ।
मेहनत अनुसार दर्शकले गीत रुचाउँदा मात्र दर्शक श्रोतामाझ अझ नयाँ स्वाद लिएर आउन प्रेरणा मिल्ने यो गीतका निर्माण पक्ष बताउँछन् ।
बजारको माग बमोजिम गीत संगीत बनाउँदा आफ्नो मौलिकता मर्न दिनु हुँदैन भन्ने कुरामा निर्माण पक्ष सदैब सचेत रहनुपर्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको धारणा छ ।









