सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्माणाधीन झोलुङ्गे पुलबाट खसेकामध्ये एक जनाको शव भेटियो

काठमाडौं । सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट भेरी नदीमा खसेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ।

बुधबार बिहान निर्माणाधीन पुलको लट्ठा बाँध्ने क्रममा रूकुम पूर्वका दुई जना कामदार भेरी नदीमा खसेर बेपत्ता भएका थिए।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर भेरी नदीमा खसेर बेपत्ता भएका हुन्।

बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिल घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

झाँक्रीको खोजी कार्य जारी रहेको उनले बताए।

सुर्खेतको भेरी नदी वारिपारिका गाउँहरू बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलबाट उनीहरू खसेका थिए।

बुधबार घटनाको केही समयपछि गएको सशस्त्रको गोताखोर टोलीले अबेरसम्म खोज्दा पनि फेला पार्न सकेको थिएन।

बिहीबार बिहान पुनः गोताखोर टोली घटनास्थल पुगेको घटनास्थल थियो।

भर्खरै

सम्बन्धित खबर

Language »