सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘टुर डे ठाकुरद्वारा’ को सातौं संस्करण गरिदै, उद्योग, पर्यटन तथा यातायात मन्त्रीले उद्घाटन गर्ने

नेपालगन्ज , सातौं संस्करणको ‘टुर डे ठाकुरद्वारा’ यही माघ २५ र २६ गते हुने भएको छ । उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । पश्चिम नेपालको पर्यटकीय जिल्ला बाँके-बर्दियामा पर्यटन प्रवद्र्धन गर्नुका साथै साइकल संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक वर्ष कार्यक्रम गरिदै आएको छ ।

बुधबार आयोजित पत्रकार भेटघाटमा नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले यही माघ २५ गते बिहान बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु गरिने बताए । उनका अनुसार प्रमुख अतिथी एवम लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘टुर डे ठाकुरद्वारा’ उद्घाटन गर्नेछन् ।

क्लबका वरिष्ठ उपाध्यक्ष तथा इभेन्ट संयोजक सुरेन्द्रदीप कार्कीले देश, विदेशका गरी २ सय भन्दा बढी महिला र पुरुष साइकल यात्रीले सहभागिता जनाउने जानकारी दिए । यि मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री सहभागी हुने उनले बताए । उनका अनुसार साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट सुरु हुनेछ ।

त्यसपछि स्थानीय त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई, भुरीगाउँ हुँदै ठाकुरद्वारा मन्दिर पुग्नेछ । बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी झण्डै एक सय किलोमिटर रहेको बताइन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »