सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा ३० लाख २८ हजार ३८६ जना मानिसहरू स्थायी रूपमा बस्छन् ।

तीव्र आवतजावत भइरहने हुनाले उपत्यकामा करिब ६० लाख मानिस रहेको आकलन गरिएको छ ।

त्यस्तोमा नागरिकको सुरक्षामा खटिने प्रहरीचाहिँ निकै थोरै रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा ११ हजार ७४९ जना प्रहरीको दरबन्दी छ । तीमध्ये १ हजार जनाको पदपूर्ति भएको छैन ।

 

काठमाडौँ उपत्यकामा १ जना प्रहरीले करिब २८५ जना नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले बताए ।

बिहीबार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जनसंख्याको तुलनामा हामीसँग प्रहरी जनशक्ति निकै थोरै छ ।’

सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन जन्मदिनमा कार्यालयबाट ‘जन्मदिनको शुभकामना’ भनेर म्यासेज पठाउन थालिएको एसएसपी खनालले बताए ।

काठमाडौँका ३ वटा जिल्लामा लागु गर्ने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका कार्ययोजना–२०८१ तयार गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »