सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमै

काठमाडौं । कोहि नहुनेको साहारा भगवान हुन्छन् भनिन्छ तर कोहि नहुनेलाई साहारा मानिसले पनि दिन सक्छ भन्ने उदहारण बन्दै आएका छन् युवा व्यवसायी ज्ञानेन्द्र गौतम ।
सिसन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै बिभिन्न व्यवसायमा आवद्ध गौतमले आफ्नो गाउँ, जिल्ला मात्र नभएर अप्ठ्यारोमा परेका बिभिन्न व्यक्तिहरुलाई सहयोग गदै आएका छन् ।
यसै सिलशिलामा युवा व्यवसायी तथा समाजसेवी गौतमको पहलमा नुवाकोट जिल्ला बिदुर न.पा. वार्ड न. ८ निवासी बिष्णु तामाङ टाउको र घाँटीको संबेदनसिल रोग बाट पिडित भै पहिला वीर अस्पतालमामा र हाल सुकेधारा स्थित होलिस्तिक युनिभर्सल अस्पतालमा थेरापी गराई रहेको अवस्थामा उनको उपचारमा थप सहजताको लागि व्हिल चेयर हस्तान्तरण गरिएको छ ।
बिदेश जान भनेर बनाएको पासपोर्ट बाकसमा थन्काएर नेपालमै केहि गर्न सकिन्छ भनेर व्यवसायतिर आबद्ध भएका गौतमले सेवानै धर्म हो भन्ने मान्यता बमोजिम आफ्नो कमाईको केहि प्रतिशत सामाजिक काममा लगानी गर्ने गरेका छन् ।
गौतम राजनितिमा पनि सकृय व्यक्तित्व हुन् । गौतम नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत ईन्द्रावती काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष समेत हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »