काठमाडौं । काठमाडौं महानगर प्रहरीले टेकुमा रहेको एक कवाड गोदाममा डोजर चलाउने क्रममा झडप भएको छ ।
महानगर प्रहरी र कवाड संकलकबीच झडप भएको हो । झडपको क्रममा ३ जना कवाड संकलक घाइते भएका छन् ।
घाइतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कवाड व्यवसायी समाज नेपालले महानगरले मजदुरमाथि ज्यादति गरेको भन्दै आपत्ति जनाएको छ भने महानगर प्रहरीले केहि महिना अगाडीनै सुचना दिएर कवाड हटाउन भनेको भए पनि अटेर गरेकोले डोजर चलाउन बाध्य भएको जनाएको छ ।
यस घटनालाई लिएर कवाड व्यवसायी र संकलकमाथि भईरहेको ज्यादति तत्काल रोक्न कवाड व्यवसायी समाजले सरकारसमक्ष माग गरेको छ ।
‘काठमाडौँ महानगरपालिकाले २०८१ माघ २७ गते बिहान टेकुको एक कवाडमा गुण्डागर्दी सैलीमा डोजर चलाएर कवाड भत्काउने काम गरेको कवाड व्यवसायी समाजको आरोप छ ।
कवाड व्यवसायी समाजले एक प्रस वत्तव्य जारि गर्दे महानगर प्रहरीले कवाड कारखानामा काम गर्ने मजदुरहरुलाई कुट पटि गरेको आरोप समेत लगाएको छ भने महानगर प्रहरीले भने महानगर प्रहरी माथि सांघातिक आक्रमण गर्न रड लिएर आएपछि प्रतिरक्षाको क्रममा झडप हुँदा घाईते भएको हुनसक्ने बताएको छ ।









