सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खसी भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ

काठमाडौं । पर्सामा खसीको भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।

पक्राउ पर्नेमा वीरगञ्ज-१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको प्रहरीको टोली उनको पसलमा पुगेको थियो।

त्यहाँ बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको फेला परेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »