सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्य तोलामा एकैदिन घट्यो २७ सय

काठमाडौं ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »