सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली काँग्रेस (बी.पी.) केन्द्रीय समितिको सातौं पुर्ण बैठक शुरु : ७ गते बृहत पत्रकार सम्मेलन गरेर महत्वपुर्ण निर्णयहरु सार्वजानिक गर्ने तयारी

काठमाडौं । नेपाली काँग्रेसबाट छुट्टीएर एउटा अलग्गै पहिचान बनाउँदै अगाडी बढीरहेको नेपाली काँग्रेस (बी.पी.)को केन्द्रीय समितिको सातौं पुर्ण बैठक आजबाट नयाँबजारमा शुरु भएको छ ।
बैठकमा महामन्त्री देवेन्द्र प्रकाश पौडेलबाट राजनैतिक प्रस्ताव प्रस्तुत भए पछि देशै भरबाट प्रतिनिधित्व गरि आउनुभएका प्रतिनिधिहरुले आफ्नो धारणा तथा रिपोर्टीङ राख्ने कार्य सम्पन्न भएको छ ।
बैठक भोलि पनि निरन्तर चल्ने छ भने, भोलि पार्टी सभापति सुशिलमान शेरचनको रणनैतिक दस्तावेज सहित महामन्त्रीको राजनैतिक प्रस्ताव माथि बृहत छलफल गरेर पार्टीको आगामी कार्ययोजनाहरु पारित गर्ने कार्यसुचि रहेको पार्टीकी केन्द्रिय सदस्य देवी पौडेल लामिछानेले बताउनु भयो ।
नेपाली राजनीतिमा अहिले चलिरहेको कोर्सलाई सच्याएर लान समेत नसकिने अवस्था आएकोले नेपाली काँग्रेस (बी.पी.)को यो सातौं पुर्ण बैठको निर्णयहरुले राजनैतिक कोर्स परिवर्तनको लक्ष्य हासिल गर्न तर्फ उन्मुख रहने पार्टीका सह महामन्त्री तथा प्रवक्ता जिएन घिमिरेले बताउनु भयो ।
सातौं पुर्ण बैठकका निर्णयहरु प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते बृहत पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने तयारी रहेको प्रवक्ता घिमिरेले बताउनु भयो ।
बैठकमा बोल्ने अधिकांश नेताहरुले वर्तमान राज्यसत्ता प्रतिको पार्टीको वैचारीक तथा राजनैतिक दृष्टिकोण र पार्टी संचालन सिद्धान्त आम नेता ,कार्यकर्ता र नागरिकको चाहना बमोजिम हुनुपर्नेमा जोड दिनु भएको थियो ।
बैठकमा उठेका हरेक प्रश्नहरुको सहि ढंगबाट संस्लेषण गरेर भोलि राजनैतिक र रणनैतिक दस्तावेज आउनेमा ढुक्क हुनबरिष्ठ उपसभापति कर्ण बहादुर मल्ल, उपसभापति महेसमान सिह ,अशोक खड्काले सबै नेताहरुलाई आस्वस्त पार्नु भएको थियो ।
बैठकमा बिभिन्न जिल्लाका जिल्ला सभापति तथा सचिव,महिला संघकी केन्द्रिय सभापति राधा खड्का, ने.बि. संघ का अध्यक्ष बिकास पाण्डेय र भातृ संगठनका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »