सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दिया मधुवनका युवालाई बाल बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दिया मधुवन नगरपालिकाका युवालाई लक्षित गरेर ठाकुरद्धारामा तीन दिने बाल बेचबिखन विरुद्धको सचेतनामूलक र घट्ना रिपोर्टिङ तालिम सुरु गरेको छ ।


क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकाका युवा स्वयंसेवक र युवा दूतहरुकालागि बाल बेचबिखन विरुद्धको सो तालिम सुरु गरेको हो । उक्त तालिम तीन दिनसम्म चल्नेछ ।
तालिमको मुख्य उद्देश्य युवा दूतहरूलाई बाल बेचबिखन लगायत बाल संरक्षणको ज्ञान दिनुका साथै सशक्त बनाउनु र उनीहरूलाई उपयुक्त प्रतिवेदन संरचना र संयन्त्रहरू मार्फत बाल बेचबिखन लगायत सुरक्षा उलंघनका घटनाहरू विश्वस्त रूपमा रिपोर्ट गर्न सक्षम पार्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले सो तालिममा ५ जना पुरुष र १५ जना महिला गरी जम्मा २० जना युवा दूतहरुको सक्रिय सहभागिता रहेको बताउनुभयो ।
तालिम अघि मधुवन नगरपालिकाले विकसित छनोट मापदण्ड अनुसार सहभागीहरुलाई छनोट गरेको थियो । तालिममा बालअधिकार, बाल संरक्षण, मानव बेचबिखन, बाल बेचबिखन र बाल बेचबिखन सहित बाल अधिकार उलंघन सम्बन्धी मुद्दाहरू रिपोर्ट गर्ने प्रक्रियाका बारेमा प्रशिक्षण दिइनेछ ।
तालिमको उद्घाटन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर र कार्यक्रम संयोजक महेश नेपालीले परियोजनाको लक्ष्य, उद्देश्य, नतिजा र गतिविधिहरूबारे प्रष्ट पार्नुका साथै तालिबाट हुने फाइदाहरुका बारेमा पनि बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदोस जहाँ र फिल्ड सुपरवाइजर सावित्रा भाटको पनि उपस्थिति रहेको थियो भने तालिमको प्रशिक्षकको जिम्मेवारी बसन्त कुमार बि.सीले निर्वाह गरिरहनु भएको छ ।
तलिममा सहभागि युवाहरुले आ–आफ्नो समुदायमा बालबालिकाको अधिकार प्रवद्र्धन र बाल बेचबिखन रोक्न युवादूतहरुको भूमिका र जिम्मेवारीका बारेमा पनि छलफल गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »