सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पिकअप गाडी अनियन्त्रित भइ घरमा पस्दा बालकको मृत्यु, चार घाइते

नेपालगन्ज, नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्वरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच वर्षीय दृश्य बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी निरीक्षक हिमराज बिकले बताउनुभयो ।

उहाँले बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा सिधै घर भित्र उक्त गाडी पस्दा खेलीरहेका दृश्यको घटनास्थलमै निधन भएको जनाउनुभयो ।

सुचना अधिकारी बिकका अनुसार, गेट खुल्लै रहेको घरभित्र अन्धाधुन्ध पसेको गाडीले घरधनी उत्तरबहादुर सिलवाल, उहाँकी छोरी सुमन बुढाथोकीका छोरा दृश्य बुढाथोकी, छोरा सन्जय सिलवाल, नाति सन्जित सिलवाल र नातिनी सृष्टि गौतमलाई ठक्कर दिएको थियो ।

घटनास्थलमै दृश्यको निधन भएको थियोे भने सन्जयको खुट्टा भाचिएको थियो । घाइतेको नर्सिङहोममा उपचार भईरहेको छ । प्रहरीले उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार अनुसार, घटना घटेको बिपरित दिशामा रहेको घरमा बस्ने एक परिवारले कोठा सार्नका लागि उक्त गाडीलाई बहाल दिने गरि बोलाएका थिए । उक्त गाडीका चालकले ब्याक गर्ने क्रममा घरको भित्तामा ठोक्काएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »