सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुपन्देहीमा युवकको हत्या

काठमाडौं। रुपन्देहीको मायादेवीमा एकजनाको हत्या भएको छ।

रुपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नं २ दंगचैया बस्ने २९ वर्षीय अनिल भन्ने राकेश सिंह लोधको हत्या भएको हो।

बिहान अवेर घरको बरण्डामा उनलाई स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खवर गरेका थिए।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले लोधको निधार र कन्चटमा चोट देखिएको बताए। ´हामीले मुचुल्का उठाउँदै छौं, गोली प्रहारबाट वा अरु कुनै हतियार प्रहार बाट हत्या भएको भन्ने खुलेको छैन, उनले भने।

गाउँमै खेती किसानी गर्दै आएका २९ वर्षीय लोध घरमा एक्लै बस्थे।

भर्खरै

सम्बन्धित खबर

Language »