सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुवाखालबाट ७ जना पक्राउ

काठमाडौं। एक लाख ८४ हजार रकमसहित बर्दियाबाट सात जुवाडे पक्राउ परेका छन्।

जिल्लाको बाँसगढी नगरपालिका – ५ बाँसगढी बजारको मुनलाइट होटेलबाट उनीहरु पक्राउ परेका हुन।

उक्त होटेलमा नगद जितहार हुने गरी जुवा खेल भइरहेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले फागुन १४ गते राति उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँसगढी – ५ का ३९ बर्षीय रामबहादुर बुढाथोकी, ३५ वर्षीय लक्ष्मीप्रसाद पौडेल, ४८ बर्षीय दयाराम लम्साल, ५२ वर्षीय शिवबहादुर सुनार, ३४ वर्षीय जीवन पौडेल, १९ वर्षीय दिपक सुनार र बढैयाताल गाउँपालिका – ६ रानीपुरका ४१ वर्षीय बिष्णुराज पौडेल रहेका छन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले पक्राउ परेकाहरु माथि थप अनुसन्धानका लागि  पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति प्रदान गरेको छ।

 

भर्खरै

सम्बन्धित खबर

Language »