सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कुलमानलाई हटाउन खोजेको भन्दै बुटवलमा चक्का जाम

काठमाडौं । नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गर्न लागेको विरोधमा बुटवलमा चक्काजाम गरिएको छ । 

शनिबार दिउसो पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित बुटवल–१२ तामनगरमा ३० मिनेट चक्काजाम गरिएको हो । 

तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम गरिएको थियो । दैनिक १८ घण्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागेको उनीहरूले आरोप लगाएका छन् ।

तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त चक्काजाम गरिएको थियो । 

दैनिक १८ घण्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई हटाउन ऊर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागेको उनीहरूले आरोप लगाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »