सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाउन्नेमा बस र ट्रक ठोक्किएपछि अवरूद्ध राजमार्ग दुइतर्फी सञ्चालन

काठमाडौं । दाउन्नेमा बस र ट्रक ठोक्किएको छ।

बजेको दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको ८४ मोड भन्ने स्थानमा शनिबार बिहान ६:४५ बजे काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४१३८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ८५७५ नम्बरक ट्रक ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार बस र ट्रकमा सवार सबै सकुशल छन्।

बसमा सामान्य क्षति भएको छ। दुर्घटनापछि प्रहरीले ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ भने बस गन्तव्यतर्फ गइसकेको छ।

दुर्घटना हुँदा राजमार्ग अवरूद्ध भएको थियो।

केही छिन अवरूद्ध भएको राजमार्ग अहिले दुइतर्फी नै सञ्चालनमा रहेको उनले बताए।

‘केही पर एउटा ट्रक पनि बिग्रिएर बसेको थियो। बाटो साँघुरो भएकाले त्यसले पनि सडक एकतर्फी गर्नुपर्ने अवस्था आयो। अहिले दुइतर्फी नै सञ्चालनमा छ,’ डिएसपी नेपालले भने।

भर्खरै

सम्बन्धित खबर

Language »