सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेणु अधिकारी “मौनता” को कविता संग्रह ”अस्तित्वको खोजी” माथि परिचर्चा तथा लघुकथा विशेष वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । बिधिवत रुपमा दर्ता भएर आधा बर्ष पुरा भएको साहित्यिक उत्थानको क्षेत्रमा आफ्नो प्रभावकारीता जमाउन सफल संस्था लोमश वाङ्मय प्रतिष्ठानले सर्जक रेणु अधिकारी “मौनता” को कविता संग्रह ”अस्तित्वको खोजी” माथि परिचर्चा तथा लघुकथा विशेष वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतेक महिनाको अन्तिम शनिवार गरिने कार्यक्रम अन्तरगत आजको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “अटल”को सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
आजको कार्यक्रम प्रतिष्ठानका सदस्य सत्या अधिकारीले सन्चालन गर्नु भएको थियो ।
प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तार्केश्वर ,शान्तिटोलको शभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानकी सकृय सदस्य कमला धिमिरे अधिकारी तथा सोहि स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले सबैलाई स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धन प्रसाद सुबेदी बिशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “अटल”ले प्रतिष्ठानको उदेश्य र योजनाहरु बारे प्रष्ट पार्दै बिभिन्न आरोह र अवरोह बिचमा प्रतिष्ठान आफ्नै गतिमा अगाडी बढिरहेको बताउनु भयो ।
सर्जक रेणु अधिकारी “मौनता” को कविता संग्रह ”अस्तित्वको खोजी” माथि परिचर्चाकार डा.कौशिला रिसालले चर्चा गर्दै सुधार गर्नु पर्ने केहि बिषयहरु भए पनि समग्रमा ”अस्तित्वको खोजी” कविता संग्रहले आम पाठकको मन जित्न सफल भएको बताउनु भयो ।
सर्जकहरुले भाषा छनौट र अर्थ खुल्ने खालका सृजना गर्न तर्फ ध्यान दिनुपर्ने सुझाव दिदै परिचर्चाकार रिसालले कविता संग्रहले गरेको अस्तित्वको खोजि सबैले गर्नुपर्ने खालको रहेको बताउनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथि वक्ताको रुपमा आफ्नो मनतव्य राख्दै टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले आफु साहित्यकार नभएपनि टोखा नगरपालिकाले योक्षेत्रमा लगानी गरेर बिभिन्न महत्वपर्ण कार्यहरु गरिरहेको बताउनु भयो । सर्जकहरुले साहित्य मार्फत समाजमा देखिएका बिकृती बिसंगतीका बिषयमा अलि कडा भएर कलम चलाउन सके समाज रुपान्तरणमा टेवापुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धन प्रसाद सुबेदीले सांस्कृतिकरुपमा नेपा अत्यन्तै धनि भएपनि हामिले हाम्रो संस्कृतिलाई सुचिकृत गर्न नसक्दा त्यो गुम्ने डर पैदा भएको छ । सन् २००२ बाट संयुक्त राष्ट्रसंघले आफ्ना सम्पदा र संस्कृतिलाई पनि सुचिकृत गर्नु पर्ने भने पनि नेपालबाट त्यस्ता मौलिक संस्कृतिहरु सुचिकृत हुन सकिरहेका छैनन् । हालै मात्र नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले यसलाई व्यवस्थित गर्न लागि परेको छ । यो एउटा सकारात्मक पक्ष भएको बताउनु भयो ।
कार्यक्रमको अवसरमा प्रतिष्ठानका आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितवरण गएिको थियो । हाल प्रतिष्ठानमा ३० जना भन्दा बढी आजिवन सदस्यहरु रहेका छन् भने पहिलो साधारणसभा सम्म १०० जना साहित्य प्रेमीहरुलाई आजिवन सदस्यता दिने योजना रहेको प्रंतिष्ठानका अध्यक्ष माधव घिमिरे “अटल”ले बताउनु भयो ।
कार्यक्रममा बोल्दै महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णाकुमारी पौडेल खतिवडाले महिलालाई जति अधिकार दिने भने पनि नेपालका राजनैतिक दलका वेईमानीको कारण व्यवहारीक कार्यन्वयन हुन नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो । “ महिला मन्त्रालयको मन्त्री पुरुष, सचिव पुरुष, बिषयगत समितिको सभापति पुरुष अनि यसरी महिला अधिकारको कुरा कसरी कार्यन्वयन हुन सक्छ । समानुपातिक प्रतिनिधित्वको बहानामा नेताका श्रीमती र आफन्तहरुको व्यवस्थापन गर्न बाहेक के चै भएको छ ?” भन्दै उहाँले यो राज्य व्यवस्थाले नै महिलाहरुलाई पछाडी पारेको आरोप लगाउनु भयो । हैन भने संबिधानमा उल्लेख भएका नीति नियमहरु व्यवहारीक कार्यन्वयन गर्न कसले रोकेको छ भन्दै महिलाहरुलाई अझ सशक्त भएर समाजिक रुपान्तरणमा महिलाको भुमिका स्प्रष्ट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले सांगठानिक स्वरुप र कानुनी मान्यता फरक भए पनि लोमश वाङ्मय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको उदेश्य एउटै भएकाले मिलेर जानसकिने बताउनु भयो ।
यो समाजमा अन्य पेसामा आबद्ध प्रबुद्ध व्यक्तिहरुलाई बिभिन्न कार्यक्रम र समारोहमा बोलाएर परिचित गराउने कार्य गरिन्छ तर लेखकलाई चिनाउने कार्य कहिल्यै गरिदैंन त्यसैले गर्दा पनि व्यवसायीक लेखकहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि हुन सकेको छैन यसले आगामी पुस्तालाई सिर्जनसिल बनाउन नसकिने अवस्था सृर्जना भइको छ । यो दुखःको बिषय भएको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न सर्जकहरुले आफ्नो लघुकथाहरु वाचन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »