सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पृथ्वीमा फर्किए सुनिता र बुच

काठमाडौं । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् ।

नासाका अनुसार मंगलबार बिहान १०ः३५ बजे पृथ्वीतर्फ प्रस्थान गरेका विलियम्स र विल्मोर फर्किन लगभग १७ घण्टा लागेको थियो, जो फ्लोरिडाको तटमा अवतरण भएको हो ।

सुनिता र बुच दुवै जना ८ दिने मिसनका लागि गत वर्ष जुनमा आईएसएस गएका थिए तर बोइङको स्टार लाइनर अन्तरिक्ष यानमा केही प्राविधिक गडबडीका कारण उनीहरू करिब ९ महिना त्यहाँ बस्नु परेको थियो । विश्व उनीहरुको सुरक्षित फिर्ताको प्रतिक्षामा रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »