सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्सारियान मस्जिद निर्माणका लागि राजा खान ‘Being Human’ द्वारा १ लाख सहयोग


नेपालगन्ज, नेपालगन्ज महेन्द्र पार्क स्थित अन्सारियान मस्जिद निर्माणमा टाइल्स मर्बल अवस्य परेकोले राजा खान “Being Human” द्वारा एक लाख नगद बराबरको सहयोग गरिएको छ।

स्थानीय मस्जिद निर्माणको लागि उदार मनका धनी समाजसेवी राजा खान being human ले नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरेको हो। धार्मिक सहिष्णुता र सामाजिक सेवामा सक्रिय खानले यो आर्थिक सहायता प्रदान गर्दै समुदायमा मेलमिलाप र सहकार्यको सन्देश दिएका छन्।

मस्जिद निर्माण समितिका पदाधिकारीहरूले खानलाई धन्यवाद ज्ञापन गर्दै उनको योगदानले धार्मिक गतिविधिहरू सहज बनाउने विश्वास व्यक्त गरेका छन्। स्थानीयबासीहरूले पनि उनको सहयोगप्रति आभार प्रकट गर्दै यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय नेताहरू, धर्मगुरुहरू, तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। राजा खानले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »