सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका-२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका-१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग.१२ प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

भर्खरै

सम्बन्धित खबर

Language »