काठमाडौ । चर्चित गायक तथा संगीतकार लाक्पा तेन्जि शेर्पाको क्या राम्रो हाँस्यो बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।
उनको उक्ता गीतको भिडियोमा शेर्पा र तामाङको पहिचान झल्किएको देखिन्छ । उनले यस अघि बजारमा ल्याएका गीतहरु काङलाङ र कुङ्लुङ गाउं जाने बाटो (मज्जाले नाचौंला) निक्कै दर्शक स्रोताले रपचाईएका गीत हुन् ।
त्यसपछि उनले बजारमा ल्याएको गीत नम्बरी सुनको अपार सफल्तापस्चात उनले यो पटक तामाङ र शेर्पा कल्चरमा आधारित गीत क्या राम्रो हाँस्यो भिडियो सहित बजारमा ल्याएका हुन् । गीतको भिडियोमा शेर्पा केटा र तामाङ केटी बिचको ठट्यौली शैलीलाई प्रयोग गरेको पाईन्छ ।
कलाकार समाज परिवर्तनको संवाहक हुन् भने गीतसंगीत समाजको ऐना हुन् गीतसंगीतको माध्यमबाट समाजको कस्तो विषयवस्तुलाई कसरी उठान गर्ने भन्ने विषय गहन बिषय बन्ने गर्दछ । तसर्थ यस गीतको भिडियोमा कलाकार हरुले आफ्नो कला प्रस्तुत गरे संगै भेषभुषा र मौलिक बजालाई समेत राम्रै ढंगले प्रस्तुत गरेको देखिन्छ ।
उत्तम पौडेलको शब्द रचना रहेको उक्त गीतमा संगीत लाक्पा तेन्जि शेर्पाको संगीत रहेको छ भने गीतमा आवाज लाक्पा तेन्जि शेर्पा र चर्चित गायीका सुमिना लोको रहेको छ ।
गीतमा कोरस आवाज राजकुमारी कार्की, रोशनि रसाईली र बिन्दु बिसीको रहेको छ ।
गीतको भिडियो तर्फ भने कृष्ण ब्लोनको निर्देनमा पाल्देन लामा र अस्मिता तामाङलाई मुख्य अभिनयमा देख्न सकिनेछ । भिडियोमा कोरस नृत्य भने छाम्जी शेर्पा, ङिमी शेर्पा, याङ्जुम शेर्पा, लाक्पा छिरीङ शेर्पा, सुस्म लामा, बविना मगर, मोनिका पाख्रिन र मोनिका तामाङको रहेको छ ।
उनी लामो समयदेखी गीतसंगीत क्षेत्रमा लागि परेका एक कुशल कलाकार हुन् ।
उनी आफै सुमधुर आवाजमा गीत गाउने मात्रै नभएर संगीत पनि आफै गर्ने गर्छन् ।
गीतको भिडियो छायांकन, सम्पादन तथा रंग सम्पादनको सम्पुर्ण प्राविधिक कामहरु भने निर्देशक कृष्ण ब्लोन नै गरेका हुन् ।