सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२०८२ साल लाई स्वागत गर्दै सुन्दर परिकल्पना सक्षम समाजको शुभकामना आदानप्रदान सम्पन्न

काठमाडौं । बिधिवत रुपमा जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा दर्ता भएको एक वर्ष पुग्नै लागेको सामाजिक संस्था सुन्दर परिकल्पना सक्षम समाजले यस बिचमा बिभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
यस संस्थाले कपनमा रहेको मिलनचोक पार्टी भेन्युमा २०८१ सालको बिदाई तथा २०८२ साललाई स्वागत गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली जनतादलका अध्यक्ष संबिधानसभाका बिधायक हरिचरण साहको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
संस्थाकी अध्यक्ष कुमारी बाँठामगर (मनु)ले अनौपचारिक रुपमा संचालन गर्नुभएको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, सल्लाहकार, कलाकार ,राजनीतिज्ञ,तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले एक अर्कामा शुभकामना आदानप्रदान गर्दै संस्थाको उज्वल भविश्यको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष मनु बाँठा मगरले संपुर्ण मानवजाती मात्र नभै यो धर्तिमा भएका प्राणीहरुले समेत सहज तरिकाले बाँचन पाउने अधिकारलाई स्थापित गराउन सबैले आ—आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताउनु भयो ।
बिशेष गरि महिलाहरुको सकृयतामा संचालन भएको यो संस्थाकी महासचिव शुभद्रा भुर्तेलले सामाजिक कामगर्ने महिलाहरुलाई प्रोत्साहन दिएर अगाडी बढाउनु पर्नेमा खुट्टा तान्ने प्रवृतिले गर्दा अगाडी बढ्न गाह्रो भएको बताउँदै जस्तो अवस्था आएपनि संस्थालाई सामाजिक हितमा लगाई राख्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली जनतादलका अध्यक्ष संबिधानसभाका बिधायक हरिचरण साहले आफुले २०५१ साल देखि उठाउँदै आएाको सामाजिक न्याय तथा मानवतावादको मुद्धालाई यो संस्थाले पनि उठाएकोले संस्थाको हिको लागि सक्दो साथसहयोग गर्ने बताउनु भयो ।
राज्य बाट भएका हरेक बिभेद हटाउन राज्यसत्तामा पुग्नु अनिवार्य र राजनैतिक सत्ताबाट मात्रै परिवर्तन सम्भव हुने भएकोले काम सामाजिक गरे पनि राजनैतिक पहुँचमा पुग्न लागि पर्नु पर्ने साहले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »