सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवबेचविखन रोक्न बर्दियाको मधुवनमा युवा दूतहरु सक्रिय

नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा युवा दूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरेको हो ।
उक्त बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा दूतहरूको सक्रिय सहभागिता रहेको थियो भने उनिहरुले मानव तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न बिभिन्न कार्य योजना प्रस्तुत गरेका थिए ।


मधुवनका युवा दूतहरुले तयार गरेको योजनाहरुमा सामाजिक सञ्जालमार्फतको अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्धको अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन गर्ने, साताको भेटमा बाल बेचबिखनका कुरा शीर्षकको छलफल, सडक नाटक र ¥यालीहरू मार्फत मानवबेचविखन रोक्ने बिषयलाई समावेश गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीका अनुसार बैठकमा मानव बेचबिखन, त्यसको मूल कारण, न्यूनीकरणका उपायहरू, बाल बेचबिखन रोक्न अभिभावकको भूमिका र आफ्ना बच्चाहरूलाई सबै प्रकारका हिंसाबाट कसरी जोगाउने भन्ने विषयमा अभिभावक शिक्षा सत्रमा युवा दूतहरूलाई अभिमुखीकरण गरिएको थियो ।
बैठकको सहजीकरण परियोजना संयोजक ईश्वर बीकेले गर्नुभएको थियो भने फिल्ड सुपर भाईजर सावित्रा भाटले सहजीकरणमा सहयोग गर्नु भएको थियो ।
साथै सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधर, प्रमुख संरक्षक पव्रेज अली सिद्दीकी, कोषाध्यक्ष फिरदोस जहाँको बिशेष उपस्थिति रहेको थियो ।
क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना मार्फत राजापुर र मधुबन नगरपालिकाका गरि जम्मा ४० जना युवा दूतहरुलाई मानब बेचबिखन बिरुद्धको अभियानमा परिचालन गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »