सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा जागेश्वर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन


नेपालगन्ज, नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा जागेश्वर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । नेपालगन्जमा आज भएको छैठौं अधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखामा कार्यरत छन् । उनी छैठौं तहका स्वास्थ्यकर्मी हुन् ।

संघको उपाध्यक्षमा ६ जना चयन भएका छन् । कमल प्रसाद, पार्वती सोमै, मोहन देवकोटा, निरञ्जन कुमार थारु, दिनेश नेपाली र प्रेमा शाहीलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी तेज वली सचिवमा, नवीन बुढाक्षेत्री कोषाध्यक्षमा तथा दिवश अधिकारी, गेहेन्द्र जैशी, कृष्ण बहादुर खड्का र किरण वर्मा सहसचिवमा निर्वाचित भएका छन्।

सदस्यहरूमा राजविर वर्णवाल, नागेन्द्र कुमार शाह, नन्दलाल पाण्डे, तेजु कुमारी गौतम, प्रकाश शाह, सन्देश बहादुर शाही र हेमन्त किशोर शर्मा निर्वाचित भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »