सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पानी भरिएको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडौं । पर्सामा पानी भरिएको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

पर्सागढी नगरपालिका-५ स्थित  सन्तोष शाहले सञ्चालन गरेको हिरा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार बिहान दुई जना बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही ठाउँमा काम गर्ने रूष्ट मियाको छोरी ५ वर्षीया मिया खातुन र मुख्त्तर मियाको छोरी ४ वर्षीया अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साको डिएसपी किशोर लम्सालले जानकारी दिए।

‘उनीहरूलाई डुबेको देखेपछि इँटा भट्टामा काम गर्ने कर्मचारीहरूले उद्धार गरेर नारायणी अस्पताल पुर्‍याएको थियो। अस्पतालले मृत घोषित गरिदिएको हो।’ उनले भने।

उनीहरू बाख्रा चराउनका लागि निस्किएको भन्ने सुनिएको प्रहरीले भने। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लम्सालले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »