पाँचथर हिलिहाङ गाउँपालिका स्थित यवा मार्गको स्तरोन्नति तथा नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि के.आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको जुबेलस्थित अल हुमैदान हल (लुलु हाईपरमार्केट पछाडि) मा भव्य साँगीतिक कार्यक्रमको आयोजना गर्न लागेको छ।
संस्थापक श्रीप्रसाद यावका अनुसार, कार्यक्रममा नेपालका चर्चित कलाकारहरू रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम लगायतकी नृत्य कलाकार प्रीति पासवानको प्रस्तुति रहनेछ।
साउदी अरबको जुबेलमा विगत १५ वर्षदेखि के.आई. हिमालयन किचन, के.आई. फेन्सी र के.आई. ट्राभल लगायतका व्यवसाय गर्दै आएका के।आई। ग्रुपका सह-संस्थापक श्री ओमप्रसाद फुयाँल र ईश्वर काप्रीका अनुसार, संस्था सामाजिक सेवामा पनि सक्रिय रहेको छ।
कार्यक्रमको संयोजन देव धिमालले गरेका छन।
श्रीप्रसाद यावले व्यक्तिगत लगानीमा पाँचथरको यवा मार्गको १० किलोमिटर बाटो निर्माण गरेका छन्, र यस्ता कार्यक्रमबाट संकलित आम्दानीलाई सामाजिक सेवामा निरन्तर लगानी गर्दै आइरहेका छन।
कार्यक्रमको टिकट साउदीको जुबेल, दमाम र खोबरस्थित नेपाली होटलहरूमा उपलब्ध गराइएको छ।