सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवामा आकस्मिक आश्रय स्थल निमार्ण शुरु


डुडुवा (बाँके) बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निमार्ण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो ।


पाझा गाउँमा आज शनिबार एक कार्यक्रमका विच डुडुवा गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गर्नुभयो । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्र्तगत रहेका गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आकस्मिक भवनले स्थानीयलाई विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताउनुभयो ।
पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार ठुलो हल, दुई कोठा, शौचालय, भान्सा निमार्ण हुनेछ । रु १ करोड १८ लाख ९७ हजार ५५५ को लागतमा सञ्जय निमार्ण सेवा हेटौडाले २०८२ असार १५ गतेसम्म निमार्ण गर्ने गरि सम्झौता भएको इन्जिनियर बुढाथोकीले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वार्ड नं. २ का अध्यक्ष दुर्गाप्रसाद बर्मालगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले बाढी प्रभावितहरुका लागि करिब आधा दर्जन आश्रय स्थल निमार्ण गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »