नेपालगन्ज, । जनता समाजवादी पार्टी बांकेको संगठन सुद्रिढिकरण तथा बिस्तार अभियानका क्रममा आज नरैनापुर गाउंपालिका वडा न २ मा सम्पन्न भएको भेलाबाट सलीम खांको अध्यक्षतामा २१ सदस्यीय वार्ड समिति पुनर्गठन गरिएको छ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री माननीय भण्डारी लाल यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अतहर हुसेन फारुकी अनुशासन बिभागका केन्द्रिय सदस्य अमर खडकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।







