नेपालगञ्ज , नेपालगञ्जमा आयोेजित बृहत् रक्तदानमा १०२ पिन्ट रगत संकलन भएको छ । २५औं विश्व रक्तदाता दिवसको अवसरमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेद्वारा आज आयोजित बृहत् रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएको नगर अध्यक्ष शिव दाहालले जानकारी दिए । २० भन्दा बढी संघसंस्थासंग जोडिएका ब्यक्तिहरुले रगत दान गरेको दाहालले बताए ।

रगतको अभाव हुन नदिन तथा रगतको स्टक बढाउन सहयोग गर्ने उद्देश्यले रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष सञ्जय थापाले बताए । नेपाल रेडक्रस सोसाइटी प्रदेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मीसहित प्राबिधिकहरुको सहयोगमा नेपालगञ्ज सुर्खेतरोडस्थित स्वस्तिक कटेजमा रक्तदान कार्यक्रम गरिएको हो ।








