नेपालगञ्ज , नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ (Nepalgunj Industrial Estate Industry Development Association – AIDNIE) को दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट संघको नयाँ नेतृत्व चयन भएको छ, जसअनुसार अध्यक्ष पदमा श्री अब्दुल वाहिद अन्सारी निर्वाचित भएका छन्।‘काम गरौं, अगाडि बढौं’ भन्ने भावना बोकेर अघि बढ्न तयार अन्सारी नेतृत्वको नयाँ टिम यसप्रकार छ।अध्यक्ष : अब्दुल वाहिद अन्सारी , उपाध्यक्ष : विवेक थापा , सचिव : शरद प्रसाद रिजाल,कोषाध्यक्ष : गौरव डागा ,सह-सचिव : छायाँचन्द्र वाग्ले









