सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सूचना टाँस गरी स्थगित भयो संसद बैठक

काठमाडौं। प्रतिनिधि सभाको बैठक सूचना टाँस गरी स्थगित भएको छ।

संघीय संसद सचिवालयले करिब ४ बजेतिर सूचना टाँस गरी साढे ४ बजे बस्‍ने गरी बैठक स्थगित गरेको हो।

मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो। उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो।

भिजिट भिसा प्रकरणमा राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका छन्।

मंगलबार पनि वेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए।

आधा घण्टाका लागि स्थगित भएको बैठक अहिले सूचना टाँस गरी साढे ४ बजेसम्मका लागि स्थगित गरेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »