सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रम सम्पन्न

काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.ले आयोजना गरेको “दोस्रो क्रियटिभ अन्तर्राष्ट्रिय म्युजिक अवार्ड — २०२५”फाईनल कार्यक्रम सम्पन्न भएको छ ।
चलचित्र बिकासबोर्ड चाबहिलमा पुर्व उपराष्ट्रपति ,नेकपा(माओवादी केन्द्रका) उपाध्यक्ष एवं माओवादीले २०५२ साल देखि २०६३ साल सम्म गरेको जनयुद्धका चर्चित सैन्य कमाण्डर नन्द बहादुर पुन (पासाङ) को प्रमुख आतिथ्यतामा तथा एक्टिभ म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम पछिल्लो समय आम दर्शकहरुको मन मुटुमा बस्न सफल मोडल, साहित्यकार तथा कुशल कार्यक्रम सन्चालक दिपेन्द्र शाहीले सन्चालन गर्नुभएको थियो ,।
कार्यक्रममा बिशेष अतिथिको रुपमा चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल,जन आकाश साप्ताहिकका सम्पादक तथा अध्यक्ष मोहन कार्की,पपुलर ग्रुप प्रा.लि.का अध्यक्ष गणेश बहादुर थापा,सुन्दर पकिल्पना सक्षम समाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु),वरिष्ठ निर्देशक तथा कलाकार राम काजि घिमिरे,वरिष्ठ अधिवक्ता तथा कलाकार कृष्ण प्रसाद ढुंगाना,भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष अर्जुन केसी.,महासचिव कृष्ण हरी के.सी.वरिष्ठ कलाकार यादव बैरागी,लगायत सामाजिक तथा कलाकारीता क्षेत्रमा योगदान पुर्याउनुहुने बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिभिन्न क्षेत्र मार्फत समाजिक रुपान्तरण र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ३१ जनालाई प्रमुख अतिथि पासाङबाट सम्मानपत्र प्रदान समेत गरिएको थियो ।
कार्यक्रमको बारेमा जानकारी तथा स्वागत मनतव्य दिदैं प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेले कलाकारीता क्षेत्रमा लागेका अग्रजहरुको सम्मान तथा अनुजहरुलाई हौसला प्रदान गर्ने खालका कार्यक्रम गर्नु एक्टिभ म्यूजिक प्रा.लिको मुख्य उदेश्य रहेकोले सोहि अनरुप योजना बनाएर कार्य अगाडी बढाई रहेको जानकारी गराउनु भयो ।
धुलिखेल नगरपालिका काभ्रे,श्रेष्ठ सप्लायर्स नयाँबजार काठमाडौं,पपुलर ग्रुप प्रा.लि. गोंगबु काठमाडौं,सुटमाला बागबजार तथा चलचित्र बिकासबोर्ड चाबहिलले प्रायोजन गरेको कार्यक्रममा २० वटा बिधाका सर्वोकृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा ,आरिया शाहीको स्वागत नृत्य, राजेन्द्र गिरी (गुन्द्रुके)को जादु तथा बिभिन्न कलाकारहरुको प्रस्तुति समेत राखिएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौलाले धर्म ,संस्कार र संस्कृति रंगमन्चमा मात्र देखिन थालेको भन्दै देशबाट आफ्नो मौलिकता लोप हुन्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
प्रमुख अतिथि नन्द बहादुर पुन (पासाङ)ले कलाकारहरु यो राज्यका धरोहर भएकाले राज्यलेनै यसको व्यवस्थापन गर्न जोड दिनुपर्ने बताउँदै नेपालको सन्दर्भमा नीतिगत सुधार र कार्यन्वयनमा नमिलेको स्विकार गर्नुहुँदै व्यक्रिगत रुपमा आफुलाई सांगीतिक क्षेत्र अत्यन्तै मन पर्ने बताउनु भयो ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनआकाश साप्ताहिक,जन सबाल दैनिक ,मिलाप न्यूज,शान्तिनेपाल एच डि,साराखबर डटकम,तफान न्यूज डटकम, मध्यान्न दैनीक रहेका थिए ।
सम्पुर्ण रुपमा कार्यक्रम भव्य र सभ्य तरिकाबाट सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न बनाउन सहयोग गर्नुहुने सबैलाई हार्दिक ज्ञापन गर्दै कार्यक्रम समापन गरैको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »