सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ॐ समाज डेन्टल अस्पताल र कालिगण्डकी अटोवर्क्सबीच समझदारी : मोटरसाइकल खरिदकर्ताका परिवारलाई दन्त उपचारमा २०% छुट

राजन थापा

काठमाडौं, / सडकदेखि सदनसम्म, सहरदेखि गाउँसम्म, देशदेखि विदेशसम्म — दन्त सेवाको पहुँच पुर्‍याउने उद्देश्यसाथ काम गर्दै आएको ॐ समाज डेन्टल अस्पतालले नयाँ सहकार्य घोषणा गरेको छ।

अस्पतालले आज काठमाडौंस्थित यामाहा सोरुम ‘कालिगण्डकी अटोवर्क्स प्रा.लि.’ का प्रोप्राइटरसँग MOU (समझदारी पत्र) मा हस्ताक्षर गरेको छ। उक्त समझदारीअनुसार, यामाहा मोटरसाइकल खरिद गर्ने ग्राहकहरूलाई बिलको आधारमा उनीहरूको सम्पूर्ण परिवारको दन्त उपचारमा २० प्रतिशत छुट प्रदान गरिनेछ।

अस्पतालकी बनस्थली शाखा प्रमुखले जानकारी दिँदै भनिन्, “हामी सबै वर्ग र क्षेत्रका मानिसलाई गुणस्तरीय सेवा दिने लक्ष्यसाथ अघि बढिरहेका छौं। यो सहकार्यले आर्थिक रूपले थप सहजता ल्याउने विश्वास लिएका छौं।” ॐ समाज डेन्टल अस्पतालले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा विद्यालयस्तरीय दन्त परीक्षणजस्ता सेवाहरू सञ्चालन गर्दै आएको छ।

संस्थाका अनुसार, आर्थिक अवस्था जे-जस्तो भए पनि कुनै व्यक्ति पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यसाथ अस्पताल सधैं नागरिकको सेवामा समर्पित छ।

भर्खरै

सम्बन्धित खबर

Language »