सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुलीमा रूखले किच्दा दुई जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रूखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रूख टहरामा खसेको थियो। 

घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। 

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन्।

तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »