सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री शारदा उच्च माध्यमिक विद्यालय बाह्रबिसे SLC व्याच २०५५ द्वारा आयोजित SEE व्याच २०८१ लाई सम्मान,बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । श्री शारदा उच्च माध्यमिक विद्यालय सिन्धुपाल्चोक, बाह्रबिसे SLC व्याच २०५५ द्वारा आयोजितक्भ्भ् व्याच २०८१ लाई सम्मान,बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको सुन्धारा स्थित सुन्धारा गार्डेन रेष्टुरेन्टमा श्री शारदा उच्च माध्यमिक विद्यालय सिन्धुपाल्चोक, बाह्रबिसे SLC व्याच २०५५ का विद्यार्थीहरुका छोरा छोरीहरु जो SEE व्याच २०८१ उत्रीर्ण भएका थिए ,उनिहरुलाई मायाको चिनो दिएर खादा लगाई सम्मान गर्दै बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

युवा व्यवसायी, सिन्धुपाल्चोक उद्योग बाण्ज्यि संघका सदस्य तथा SLC व्याच २०५५संचालक समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश)को सभापतित्वमा भएको कार्यक्रममा श्री शारदा उच्च माध्यमिक विद्यालय सिन्धुपाल्चोक, बाह्रबिसेका प्रधानाध्यापक निल प्रसाद सुबेदी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने श्री शारदा उच्च माध्यमिक विद्यालय सिन्धुपाल्चोक, बाह्रबिसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु तिमल्सिना बिशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।

कार्यक्रममा २०५१ साल देखि त्यस विद्यालयमा १० बर्ष सम्म निरन्तर गणित बिषयको अध्यापन गराउनु भएका शिक्षक शत्रुघन शाह तथा १७ बर्ष सम्म निरन्तर त्यस विद्यालयमा विज्ञान बिषय अध्यापन गराउनुहुने शिक्षक बिरन्चि प्रसाद शाह बिशेष अतिथिको रुपमा रहनु भएको थियो ।

क्ीऋ व्याच २०५५ संचालक समितिका सल्लाहकार बिष्णु लाल श्र्ष्ठले सन्चालन गर्नु भएको कार्यक्रममा SLC व्याच २०५५ संचालक समितिका उपाध्यक्ष आङ छिरिङ शेर्पाले स्वागत मनतव्य बाट उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा SEE व्याच २०८१ उत्रीर्ण भएका अभिशेक श्रेष्ठ , बिपना सुबेदी , नविना देवी बस्नेत
र सुबोध रानाभाट लाई मायाको चिनो सहित खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित विद्यार्थीहरुको अभिभावकको प्रतिनिधित्व गर्दै SLC व्याच २०५५का हरिशरण श्रीपालीले त्यो बेला विद्यालयमा भएका गतिबिधिहरु सम्झदै आज पनि मानसपटलमा ताजै रहेको स्मरण गराउनु भएको थियो ।
सम्मानित विद्यार्थीहरुको प्रतिनिधित्व क्भ्भ् व्याच २०८१ उत्रीर्ण भएका सुबोध रानाभाटले तिन पुस्ताको एउटै परिवार जस्तो महसुस भएको तथा भविश्यमा यस्ता कार्यक्रमहरु नहुन सक्ने भन्दै यो कार्यक्रम अविस्मरणिय हुने बताउनु भयो ।

बिशेष अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै १७ बर्ष सम्म निरन्तर त्यस विद्यालयमा विज्ञान बिषय अध्यापन गराउनुहुने शिक्षक बिरन्चि प्रसाद शाहले आफ्नो उर्जावान समय त्यस विद्यालयको लागि खर्च भएकोले सदैव सम्झना आउने बताउनु भयो । त्यो समयको स्मरण गर्दै उहाँले कुन विद्यार्थी कस्तो पढ्थ्यो भन्ने आज सम्म पनि सम्झना ताजै रहेको बताउनु भयो । सिन्धुपाल्चोक संगको संबन्धको चर्चा गर्दै उहाँले आफुले फेसबुकमा पोष्ट गर्दा लाईक र कमेन्ट समेत बाह्रबिसेकै बढि आउने समेत बताउनु भयो । जति टाढा भए पनि सिन्धुपाल्चोकलाई भुल्न नसक्ने उहाँको भनाई रहेको थियो । करिब २७ बर्ष पछि समेत आफुलाई सम्झेर निम्ता गरेकोमा उहाँले आयोजक टिमलाई आभार समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै गणित बिषय अध्यापन गराउनुहुने शिक्षक शत्रुघन शाहले २०५१ सालमा बाह्रबिसेमा जाँदा भोग्नु परेको कथा सुनाउँदै एउटा मात्र कक्षा लिँदा त्यो व्याचका विद्यार्थीहरु प्रभावित भएर आफु त्यस विद्यालयमा १० बर्ष सेवा गरेको बताउँदै, रहर नभएर बुबा आमाको सेवामा लाग्नु पर्ने अवस्थाको कारण आफुले सरुवा लिएर गएको प्रष्ट पार्नु भयो । बाह्रबिसेमा बस्दा आफुले पाएको पारिवारिक मायाको बारेमा उहाँले अहिले पनि अमिट छाप बोकेको स्मरण गर्नु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु तिमल्सिनाले त्यहि विद्यालयको पुर्व विद्यार्थी र अहिले जिम्मेवार ठाउँमा रहँदा सबैलाई समेटेर विद्यालयको आर्थिक, भौतिक र सामाजिक सुधारको लागि सहकार्य सहितको योजना बनाउन आफु तयार रहेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि श्री शारदा उच्च माध्यमिक विद्यालय सिन्धुपाल्चोक, बाह्रबिसेका प्रधानाध्यापक निल प्रसाद सुवेदीले त्यहि विद्यालयको पुर्व विद्यार्थी भएर अहिले प्रधानाध्यापक जस्तो जिम्मेवार पदमा बस्दा गौरव महसुस हुने बताउँदै ,SLC व्याच २०५५को खुलेर प्रसंसा गर्नु भयो । यो व्याच पुर्व विद्यार्थीको हैेसियतमा त्यस विद्यालयमा अक्षयकोष स्थापना गरि छात्राबृत्तिको पहल गर्ने पहिलो व्याचको रुपमा स्थापित भएको उहाँले बताउनु भयो ।

SLC व्याच २०५५ले आयोजना गरेको कार्यक्रममा सम्मानित विद्यार्थीहरुको अभिवाभकहरुलाई समेत खादा लगाएर बधाई दिईएको थियो । भने बिशेष अतिथि ,बिशिष्ट अतिथि र प्रमुख अतिथिलाई यो व्याचको तर्फबाट मायाको प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई हार्दिक आभर व्यक्त गर्दै आफ्नो नेतृत्वमा बिगत ३ बर्ष देखि यो कार्यक्रम गर्न सफल भएको स्मरण गर्दै,कार्यक्रमका सभापति युवा व्यवसायी, सिन्धुपाल्चोक उद्योग बाण्ज्यि संघका सदस्य तथा SLC व्याच २०५५संचालक समितिका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ(उमेश) कार्यक्रम समापन गर्नु भएको थियो ।

यो व्याचले नियमित सामाजिक कार्यहरु गर्दै अगाडी बढ्ने निर्णय समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »