काठमाडौं । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) कीर्तिपुर नगर समितीले नगरपालिका स्तरीय अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ।
प्याब्सन कीर्तिपुर नगरपालिकाका अध्यक्ष रवि भण्डारीको सभापतित्व तथा काठमाडौ जिल्लाका उपाध्यक्ष सुर्य भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा कीर्तिपुर नगरपालिका प्याब्सन सदस्य विद्यालय मध्ये १६ वटा विद्यालयबाट ५४ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्येबाट विजेता २ जनाले जिल्ला स्तरीय हस्तलेखन प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
जुनियर र सिनियर दुई विधामा भएको उक्त प्रतियोगिता ट्याङ्लाफाट स्थित लोक आदर्श एकेडेमीमा भएको थियो। प्रतियोगितामा जुनियर तर्फ अंग्रेजी हस्त लेखन र सिनियर तर्फ नेपाली हस्त लेखनमा सहभागी भएका हुन् ।
उक्त प्रतियोगितामा सिनियर तर्फ कश्यप एकेडेमीका चाहत बैधले प्रथम स्थान हासिल गरिन । त्यस्तै ल्याब स्कुलकी निलम लिम्बुले द्वितीय स्थान, पुष्पसदन स्कुलकी गृष्मा बन्जाडेले तृतीय र ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकी निरुशा दाहालले सान्त्वना पुरस्कार हासिल गरिन् ।
त्यसैगरी जुनियर तर्फ ग्रीन भिलेज एजुकेसन फाउन्डेसनका संयोग तुलाचनले प्रथम स्थान हासिल गरेका थिए। त्यस्तै ग्रीन भिलेज एजुकेसन फाउन्डेसनकै निशा महतले द्वितीय स्थान, ल्याब स्कुलकी स्मृति बोहोरा तृतीय र पुष्पसदन स्लुलका सयास अर्यालले सान्त्वना पुरस्कार हासिल गरेका थिए।
प्रतियोगितामा सिनियरतर्फ प्रथम स्थान हासिल गरेको कश्यप एकेडेमी स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरेको छ । त्यस्तै कश्यप एकेडेमी स्कुलले विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।
कश्यप एकेडेमीले स्थापना कालको पहिलो वर्षमै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए ल्याउन सफल भएको छ ।
यस स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय, स्तरीय प्रविधि प्रयोगशाला, सुरक्षा व्यवस्था पूर्णरुपमा व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था उपलब्ध छन् । जहाँ शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन्।









