सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहकार्य र समन्वयमा प्रदेशसभा सदस्यहरुको जोड

नेपालगञ्ज, बाँकेबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुले संविधान अनुसार मौलिक हक र अन्य हक अधिकारको पूर्ण कार्यान्वयनका लागि तिनै तहका सरकारबीच समन्वय र सहकारी जरुरी भएको बताउनुभएको छ ।
नेपालगञ्जमा आयोजित स्थानीय तहका कार्यपालिका सदस्य र प्रदेशसभा सदस्यबीचको अन्तरक्रियामा पुर्ब मन्त्री समेत रहनुभएका प्रदेशसभा सदस्य रत्न खत्रीले दलित, सिमान्तकृत, अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदायको हक अधिकारको सन्दर्भमा प्रदेश सरकारबाट बिभिन्न नीतिगत निर्णय गरिएको बताउनुभयो ।

खत्रीले भन्नुभयो, ‘ नीतिगत निर्णयसहित बजेट बिनियोजन भएपनि सम्पूर्णरुपमा बस्ती तहसम्म पुग्न सकेको छैन ।’
खत्रीले नेपालको संविधानमा मौलिक हक लगायत अन्य अधिकार गरि धेरै बिषय समेटिएको भएपनि बिभिन्न कारणले पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्ब मन्त्री वादशाह कुर्मीले दलित तथा सिमान्तकृत समुदायको पक्षमा भएका अधिकार कार्यान्वयनका लागि कार्यकारी भूमिकामा रहेको स्थानीय सरकार पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।

यसैगरी प्रदेशसभा सदस्य तथा पुर्ब मन्त्री कृष्ण केसी नमूनाले सदिऔंदेखि पछाडी पारिएको समुदायको क्षेत्रमा प्रदेश सरकार लागिपरेको भएपनि देखिने गरि काम हुन नसकेको भन्दै सबैतहका सरकारबीच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा पुर्ब मन्त्री तथा प्रदेशसभा सदस्य भण्डारीलाल अहिर, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, मिना सिद्धिकी, सुशीला वादी, अम्बिका काफ्ले लगायतले प्रदेश सरकार तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य अति आवश्यक भएकोमा जोड दिनुभयो ।

मधेस मानव अधिकार गृह (माहुरी होम)को आयोजनामा अल्पसङ्ख्यक, सिमान्तकृत समुदायको सामाजिक न्याय प्राप्तिको सवालमा प्रदेश सरकारको भूमिका विषयक संवाद कार्यक्रममा सहजिकरण गर्दै सहजकर्ता सुशील बस्नेतले स्थानीय तहको कार्यपालिकाका प्रतिनिधित्व गर्ने दलित तथा सिमान्तकृत समुदायका प्रतिनिधि र प्रदेशसभा सदस्यबीच प्रत्यक्ष अनुभव तथा सिकाई आदानप्रदानका लागि कार्यक्रम फलदायी भएको बताउनुभयो । मधेश मानव अधिकार गृह (माहुरी होम) का कार्यक्रम सँयाेजक रिखीराम निगम ले बताउनुभयो ।
मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेका जिल्ला अध्यक्ष एवम संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले माहुरी होमले संरक्षण परियोजना अन्तर्गत अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान तथा सामाजिक न्याय प्राप्तिका लागि कार्यक्रम गर्दै आएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »