सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सेप्टिक ट्यांकीभित्र मृत भेटिए ठेकेदार र मजदुर

काठमाडौं ।  सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको शव फेला परेको छ।

सुनसरीको दुहबी नगरपालिका –२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार बिहान भेटिएको हो।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार उनीहरूको शव बुधबार फेला परेको हो।

‘दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेप्टिक ट्यांकीभित्र शव भेटिएको छ’ डिएसपी खतिवडाले भने, ‘मृतकमध्ये श्यामबहादुर पेटी ठेकेदार हुन्। राई मजदुर हुन्।’

सेप्टिक ट्यांकीभित्र निस्सासिएर उनीहरूको मृत्यु भएको हो कि अन्य कारणले भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फरेन्सिक विज्ञसहितको टोली परिचालन भएको प्रहरी भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »