काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको पहालमा नेको ईन्सुरेन्स कम्पनिसंगको सहकार्यमा गरिएको म्यादी जीवन बिमा अन्तरगतको स्वास्थ्य उपचार खर्च बापत नेको ईन्सुरेन्स कम्पनिले एक लाख रकम भुक्तानी गरेको छ ।
संघको बालाजु गोंंगबु एरिया का उपाध्यक्ष तथा ब्यवसायी जगत पटेलको जेपि मेटल वर्कशप कम्पनिमा कार्यरत भरत मिजार जय वागेस्वरी मिठाइ पसलमा काम गर्ने क्रममा दुर्घटनामा परि घाइते भए पछि संघले बिमा कम्पनीमा उपचार खर्चको माग दावी गरेकोमा बिमा कम्पनिले उपचार खर्च बापत एकलाख रुपैयाँ उपलब्ध गराएको हो ।
स्वास्थ्य उपचार खर्च बापतको प्राप्त रकम आजै पिडित वा बिमित कम्पनीका सन्चालक जगत पेटललाई हस्तान्तरण गरिने कार्यक्रम तय भएकोमा बिशेष कारणबस संचालक पटेल उपस्थित हुन नसक्ने अवस्था भएकोले एक लाख बराबरको चेक सोहि एरिया समितिका अध्यक्ष साजन गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्य ,महिला उपाध्यक्ष माया सारु मगर ,कोषाध्यक्ष नवराज पनेरु ,संघका सचिव एवं बिमा समितिका संयोजक दिनेश वाशिष्ठ तथा जिल्ला समितिका पदाधिकारीहरुको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।
सहमति अनुसार नेको ईन्सुरेन्स कम्पनिले यो आर्थिक बषमा मात्रै ४ जनाको स्वास्थ्य तथा उपचार खर्च बापत माग दावी अनुसारको भुक्तानी गरेको छ ।
अमात्य तार जालिमा कार्यरत ओम प्रसाद श्रेष्ठ तथा शान्त श्रेष्ठ,बाहिटी ईन्जिनियरिङ कन्ट्रक्सनका मिलान महर्जन र जेपि मेटल वर्कशप कम्पनिमा कार्यरत भरत मिजारलाई सो उपचार खर्च उपलब्ध गराईएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष सुनिलकुमार आमात्यले दुर्घटना हुनु राम्रो होईन तर दुर्घटना पछिको आर्थिक व्यवभार घटाउने रणनीति अपनाउनु संस्थाको दुरदर्शिता भएको भन्दै म्यादि बिमा मार्फत आम व्यवसायी तथा कर्मचारी लाभान्वित भएको कुरा बताउनु भयो ।
दुर्घटना भए पछि सहयोगको लागि संघमा रुँदै कराउँदै आउनु पर्ने अवस्थाको अन्त्य गर्दै दुर्घटना पछिको आर्थिक व्यवभार घटाउन संघले निको ईन्सुरेन्स कम्पनि संग सहकार्य गरि बिमा पोलिसि ल्याएको बताउनु भयो । साथै यो बिमा पोलिसिमा जोडीन काठमाडौं जिल्ला भित्र ग्रीत तथा स्टील व्यवसाय गर्ने सबै व्यवसायी हरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा संघका कोषाध्यक्ष नवराज पनेरुले सानो रकमको सहभागिताले ठुलो आर्थिक व्यवभारमा सहयोग पुग्ने यो बिमा पोलिसिलाई आम ग्रील तथा स्टील व्यवसायी तथा कर्मचारीहरुको बिचमा पुर्याउन जिल्लाले आफ्नो ठाउँमा सक्दो प्रयास गरेको भए पनि यसमा क्षेत्र र एरिया समितिको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।
बिमा समितिका संयोजक समेत रहेका संघका सचिव दिनेश बाशिष्ठले बिमा रणनीतिमा जिल्ला सफल भएको तथा अधिल्लो आर्थिक बर्षको तुलनामा यो बर्ष बिमितहरुको संख्या बढ्ने संकेत देखापरेको बताउँदै ,ग्रील तथा स्टील व्यवसायमा रहेको कर्मचारीहरुको स्थायीत्व नहुने बिषयले यसलाई अलि प्रभाव पारेको बताउनु भयो ।
अस्थायी कर्मचारीहुने व्यवसायहरुलाई समेत कर्मचारी परिवर्तन हुँदा बिमामा सहुलियत सहित नयाँ कर्मचारी ईन्ट्रि गराउन पाउने व्यवस्थाको बारेमा व्यवसायीहरु अझ प्रष्ट नभएको कारण बिमितको संख्या घटेको उहाँको दावी छ ।
बिमित कर्मचारीको स्वास्थ्य उपचार बापत प्राप्त रकम बुझ्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिम क्षेत्र अन्तरगत गोंगबु बालाजु एरिया समितिका अध्यक्ष साजन गुरुङले यसरि बिमित वा पिडितले माग गरे बमोजिमको रकम प्रकृया पुर्याई छिटो भन्दा छिटो पिडितको हातमा पुर्याउन पहल गर्नुहुने जिल्ला समितिलाई आभार व्यक्त गर्दै आम व्यवसायी तथा कर्मचारीहरुलाई बिभिन्न अभिमुखिकरण कार्यक्रमहरु राखेर बिमा गर्दा हुने फाईदा तथा आर्थिक व्यवभारको अवस्थाबारे प्रष्ट बनाउन सके व्यवसायीहरुपनि लाभान्वित हुने र संघको महत्व पनि बढ्ने बताउनु भयो ।









