सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुख्यमन्त्री बानियाँले बागमतीमा गरे मन्त्रिपरिषद विस्तार, थपिए ५ मन्त्री

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री बानियाँले शुक्रबार ५ जना मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्। प्रदेश प्रमुखले ती मन्त्री नियुक्त गरेर शपथ गराइसकेका छन्।

मुख्यमन्त्री बानियाँले कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।

यसअघि कांग्रेसबाट आन्तरिक मामिला मन्त्रीमा शिवराज अधिकारी र खानेपानी मन्त्रीमा कृष्ण तामाङ नियुक्त भएका थिए। बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन्। बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रालय छ।

मन्त्री नियुक्त गर्दा मुख्यमन्त्री बानियाँले निवर्तमान मुख्यमन्त्री बहादुर सिं लामा तामाङका पक्षमा खुलेका कांग्रेसका १४ जना सांसदमध्ये एक जनालाई पनि मन्त्री बनाएका छैनन्। 

मुख्यमन्त्री बानियाँ पक्षका एक सांसदका अनुसार निवर्तमान मुख्यमन्त्री तामाङ पक्षका कोही पनि सांसदलाई मन्त्री बनाइएको छैन। तामाङले सभापति शेरबहादुर देउवालाई भेटेर मन्त्रिपरिषदमा आफूहरू पक्षको पनि केही हिस्सा समावेश हुनुपर्ने कुरा राखेका थिए।

कांग्रेस बागमतीमा ३७ जना सांसद छन्। तीमध्ये बानियाँका पक्षमा २२ जना खुलेका थिए, एक मत बदर भएको थियो। तामाङलाई संसदीय दल नेतामा हराउँदै बानियाँले जितेका थिए भने मुख्यमन्त्री बनेर विश्वासको मतसमेत लिइसकेका छन्।

बागमतीमा एमालेबाट दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्री, जयराम थापा श्रम तथा रोजगार, भरतबहादुर केसी वन तथा वातावरण, मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री, विन्दु श्रेष्ठ उद्योग मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री बनेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »