सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं ।  क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

बिहीबार काठमाडौंको कालो पुलस्थित डेरा कोठाबाट प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

पक्राउ पर्नेमा बाराका दुई जना र भारतका दुई जना छन्।

बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह, विहारका ३३ वर्षीय विक्रम जयसवाल, ३३ वर्षीय मुन्ना जयसवाल पक्राउ परेका हुन्।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

उक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ गर्दा १५ लाख ३३ हजार रुपैयाँ र पाँच वटा मोबाइल पनि बरामद गरेको छ।

अनुसन्धानको क्रममा ६ करोड ६ लाख ६३ हजार रुपैयाँको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको देखिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »