सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिताराम घिमिरे र संगीता गुरुङको आवाजमा “टोपी ढाकाको” सार्वजनिक

काठमाडौं । गायक तथा मोड्ल सिताराम घिमिरे र गायिका संगीता गुरुङको स्वरमा सजिएको “टोपी ढाकाको” बोलको नयाँ गीत सार्वजनिक भएको छ।

अन्नत फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले नेपाली सांस्कृतिक पहिचानमा आधारित विषयवस्तुलाई समेट्दै अहिले चर्चा बटुलिरहेको छ।

गीतले नेपाली मौलिकता र पहिचानको प्रतीक ढाका टोपीलाई केन्द्रमा राखेको छ। नेपाली संस्कृति र परम्पराको अमूल्य प्रतीकका रूपमा रहेको ढाका टोपीलाई गीतमार्फत उजागर गर्दै, दर्शकमा राष्ट्रिय पहिचानप्रतिको गर्व भाव जगाउने प्रयास गरिएको छ।

गीतका शब्द सुदीप परियारले लेखेका हुन् भने संगीत संयोजन कृष्ण के.सी.ले गरेका छन्। मिक्सिङ,मास्टरिङ विनोद परियारको रहेको छ। प्राविधिक पक्षमा अनुभवी छायाँकार अनिल जी.सी.‘बुलेट’ ले गरेकाछन् । दृश्य सम्पादन र रंग संयोजनले गीतलाई आकर्षक बनाएको छ। गीतको निर्देशन गायक स्वयं सिताराम घिमिरेले गरेका हुन्।

गीतमा सिताराम घिमिरे र सम्झना तिमिल्सिनाको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । निर्माण पक्षको नेतृत्व अनन्त कुमारी घिमिरेले गरेकी छिन् , जसले समग्र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निभाएकी छिन् ।

गीत सार्वजनिक भएसँगै दर्शक श्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। सांगीतिक बजारमा मौलिकता र नेपाली पनको खोजी भइरहेका बेला आएको यो गीतले दर्शकमाझ नयाँ स्वाद र सन्देश दिन सफल हुने विश्वास गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »