सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

त्रिविमा नयाँ उपकुलपतिलाई टिम बनाउन दिनुपर्ने माग

 काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयमा ६ सूत्रे माग राखेर ज्ञापनपत्र बुझाएको छ ।

उपकुलपति प्रा.डा. दीपक अर्याललाई बुझाएको ज्ञापनपत्रमा सेवा आयोगबाट हुने सम्पूर्ण विज्ञापन पूर्ण रुपमा कुल विज्ञापनको ४५ प्रतिशत गर्न माग गरेको छ ।

बौद्धिक चोरीको आरोप लागेका उच्च पदस्थ व्यक्तिलाई उच्च स्तरीय छानविन गरी कारबाही गर्न पनि युनियनले माग गरेको छ ।

त्रिविको जग्गा सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न र जग्गा भाडामा दिने निर्णय खारेज गर्नुपर्ने माग युनियनको छ ।

नयाँ उपकुलपतिलाई आफ्नो टिम बनाएर काम गर्न दिनुपर्ने माग पनि राखेको छ ।

माग पूरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको युनियनले पादधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »