सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भूमि विधेयक विरुद्ध चन्द्रपुरमा वृहत् विरोध प्रदर्शन


रौतहट, जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहटको आयोजनामा चन्द्रपुरमा भूमि विधेयक विरुद्ध वृहत् विरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ ।
चन्द्रपुर चौकबाट सुरु भएको विरोध र्‍याली बजारका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । विरोध सभामा जसपाका नेता तथा कार्यकर्ताहरूले सरकारले ल्याएको भूमि विधेयकले भूमिहीन, सुकुम्वासी र किसानहरूको अधिकार हनन गर्ने आरोप लगाएका छन् ।


वक्ताहरूले भूमि विधेयकले सुकुम्वासीहरूलाई बसोबास गरेको स्थानबाट विस्थापित गर्ने, भूमिमाथिको उनीहरूको अधिकार खोस्ने र दलाल तथा भूमाफियाहरूलाई फाइदा पुग्ने गरी ल्याइएको दाबी गरे ।
उनीहरूले तत्काल विधेयक खारेज गर्नुपर्ने र वास्तविक भूमिहीनलाई उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । विरोध सभालाई सम्बोधन गर्दै जसपाका नेता श्यामबिहारी यादवले जसपाले भूमि विधेयकको विरोध गर्दा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको आरोप समेत लगाए ।
उनले विधेयक जस्ताको त्यस्तै पारित भए गौचरण, बन जङ्गल लगायत केही पनि सुरक्षित नहुने बताउँदै जसपाले यसको सधैँ विरोध गर्ने बताए । नेताहरूले सरकारले जनविरोधी कदम चालेको भन्दै यस्ता विधेयक विरुद्ध थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले भूमि विधेयक सच्याएर मात्रै सरकारले अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »