नेपालगन्ज, पुर्व शहरी-विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले आफूले घरमा जे खान्छु त्यहीनै जनतालाई पनि बाँडेको र खुवाएको बताउनु भएको छ ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/93246204_1408277582689844_1628573017921552384_n.jpg)
उहाँले आफूले उत्तम क्वालिटीको खाद्यान्न जनतालाई बाँडेको कुरा आफ्नो फेसबुक वालमार्फत जनाउनु भएको छ ।
उहाँले राहात वितरणको नाममा देशभरिका धेरै ठाउँ लगायत बाँकेमा समेत कुहिएको, किरा परेको, किन्का र गुणस्तरहीन खाद्यान्न वितरण गरेको कुरा मिडिया र सामाजिक संजालबाट बाहिर आएकोले यस्तो अमानीवय कार्यबाट आफू निकै दुखी बनेको बताउनु भएको छ ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/92798573_1408277382689864_4574178167815667712_n.jpg)
बाँके जिल्ला र नेपालगन्जमा पनि स्थानीय तहहरुले राहात वितरण गर्दा कुहिएको र ढुसिपरेको चामल तथा दाल वितरण गर्ने कार्य व्यापक भएको सूचनाहरु आएको जनाउँदै उहाँले त्यस्तो कार्यको अनुगमन समेत नगरिएकोमा दुख व्यक्त गर्नु भएको छ ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/92810588_1408277622689840_5291427303836876800_n.jpg)
समाजवादी पार्टीका केन्द्रिय सचिव समेत रहनु भएका सांसद राईले आफूले घरमा खाने जीरा मसिनो, स्यामा मसुली चामल, प्रिमियम मास दाल, इम्पोरटेड रेड मसुर दाल र चना दाल जनतालाई वितरण गरेको बताउनु भएको छ ।
फेसबुक पेजमा राख्नु भएको सन्देशको अन्तमा उहाँले भन्नुभएको छ – अहिले पनि कसैको टोल र छिमेक वा गाउँमा वडा कार्यालयवाट राहात पाउन कोई छुटेको छ र घरमा चुलो बलेको छैन भने मैले जारी गरको सम्पर्क नम्बर वा हाम्रो कार्यकर्ताहरू मार्फत या मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/93691606_1408277319356537_5187810758259376128_n.jpg)
पुर्व शहरी-विकास मन्त्री राईले फेसबुकवालमा हाल्नु भएको सन्देश जस्ताको तस्तै तल प्रस्तुत छ ।
म घरमा जे खान्छु त्यही नै जनतालाई खुवाउँँछु
देशभरी नै स्थानीय तहवाट राहत बाँड्ने क्रममा कुहिएको, किन्का, कीरा परेको गुणस्तरहीन खाद्यान्न सामाग्री जनतालाई बाँडेको कुरामा हामी अवगत नै छौं ।
![](http://http://localhost/wordpress/wp-content/uploads/2020/04/93140134_1408277496023186_886608110343421952_n.jpg)
हाम्रो बाँके जिल्ला पनि सो बाट अछुतो रहेन बरू यस्तो काम व्यापक रूपमा भयो । स्थानिय मिडीयाकर्मी र समाजिक संजालवाट जनताको गुनासोहरु बाहिर आएपनि स्थानीय तहलाई यसको कुनै पनि असर भएन तर यस्तो आमानविय कार्य वाट म अत्यन्त दुखी भएको छु ।
मैले लकडाउन शुरु भएदेखिदेखी नै राहत बाडने क्रम जारी राखेको छु जस्मा उत्तम क्वालिटीको सबै खाद्य सामाग्री जनतालाई राहत स्वरुप दिएको छु जस्तै जीरा मसिनो स्यामा मसुली चामल प्रिमियम मास दाल, इम्पोरटेड रेड मसुर दाल र चना दाल । नोट – अहिले पनि तपाईंको टोल, छिमेक या गाउँमा वडा कार्यालयवाट राहात पाउन कोई छुटेको छ र घरमा चुलो बलेको छैन भने मैले जारी गरको सम्पर्क नम्बर वा हाम्रो कार्यकर्ताहरू मार्फत या मलाई सिधै सम्पर्क गरे हुन्छ ।