सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा लागेको कर्फुको कारण खानेपानी ढुवानीमा समेत असहज भयो : महामसंघ

काठमाडौ. । जेनजीले आयोजना गरेको आन्दोलनको कारण देशको समुल परिस्थितिनै अर्को तर्फ मोडिए पछि नेपाली सेनाले नेपाली जनता र नेपालको ज्यूधनको सुरक्षा गर्न नेतृत्व लिने बताए संगै आम नागरिकहरुमा अब के होला भन्ने प्रश्न सर्वत्र उठिरहेको छ ।

स्थितिलाई सामान्यकरण गर्न नेपाली सेनाले काठमाडौं उपत्यकामा कर्फु घोषणा गरे संगै बजारमा अत्यावश्यक रहेको पानी ढुवानीको कार्य समेत रोकिने अवस्थामा पुगेको नेपाल बोटल वाटर उद्योग संघका नव निर्वाचित अध्यक्ष ध्रुव बहादुर गौतमले बताउनु भएको छ ।

सबै पेट्रोल पम्पहरु बन्दभएर डिजलको अभाव भए पछि पानी व्यवसायीहरुले गाडी कम्पनिमै थन्क्याएर राख्न बाध्य भएको उहाँले बताउनु भयो ।

अलि अलि भएको डिजलले बजार मा पानी पुर्याउन जाँदा समेत बाटो बाटोमा असहज भए पछि महासंघले आम व्यवसायीहरुलाई स्थिति सहज नभए सम्म पानी व्यवसायलाई रोक्न आह्वान समेत गरेको छ ।

देशको पछिल्लो परिस्थितिले आम व्यवसायीहरुमा अकर्मन्यता पैदा भएको हुँदा महासंघले यो निर्णय गर्नु परेको अध्यक्ष गौतम बताउनु हुन्छ ।

परिस्थिति सहज भए जुनसुकै बेलापनि यो व्यवसायलाई खुलाउन तयारि अवस्थामा रहनपनि व्यवसायीहरुलाई महासंघले आह्वान गरेको छ ।

पानी जस्तो संवेदनसिल व्यवसायलाई प्राथमिकतामा राखेर यसलाई सहज गर्न सम्बध्ति पक्ष संघ महासंघले जोडदार माग समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »