सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोलखामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

काठमाडौं । दोलखामा ट्र्याक्टर दुर्घटना एकको मृत्यु तीन घाइते भएका छन ।

दोलखाको बिगु गाउपालिका ६ शेर्पा आलम्पुमा पर्ने कच्ची सडक खण्डमा प्रदेश १-०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

मृत्यु हुनेमा विगु ६ आलम्पुका बर्ष ५५ को मकर थामी छन्।

घाइतेहरू सोही स्थानका बर्ष ३५ का कुबेर थामी , बर्ष ५७ को पल ब.थामी, बर्ष १५ को आशिष थामी रहेका छन्।

घाइतेहरुलाई उपचारको लागि सिंगटी लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »