सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धनुषामा ८३५ किलो गाँजा बरामद

काठमाडौँ ।  सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विदेह नगरपालिका–३ गोबराही स्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले आज  दिउँसो सो गाँजा बरामद गरेको हो ।

बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सूचना अधिकारी एसएसपी अशोक बमले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »