सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनाखरी रेष्टुरेण्ट प्रा.लिले गरे नेपालगन्ज उप- महानगरपालिकालाई कम्प्युटर प्रदान


नेपालगन्ज, सुनाखरी रेष्टुरेण्ट प्रा.लिले नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई एक थान डेक्सटप कम्प्युटर प्रदान गरेको छ ।

जेनजी आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यालय पुर्ण रुपमा ध्वस्त भएपछि तत्कालका लागि दैनिक कार्य संचालन गर्न कम्प्युटर उपलब्ध गराइएको सुनाखरी रेष्टुरेण्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो ।

आज नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि शर्मालाई सुनाखरीका प्रबन्ध निर्देशक शर्माले उक्त कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

उपमहानगरपालिकाले कार्यालय परिसरमा रहेको टिनको छानाले बनेको सेवाग्राही प्रतिक्षालयमार्फत सेवा प्रवाह गरिरहेको छ । आन्दोलनका क्रममा उपमहानगरपालिका पुर्ण रुपमा क्षति भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »