काठमाडौं । गत भदौ २३ र २४ गते जेनजीहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई मागपत्र बुझाएका छन् । आइबार मृतकहरूका परिवारले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई मागपत्र बुझाएका हुन् ।
मृतकका परिवारले कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरका २७ वर्षीय डा. जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरिएको छ ।
मन्त्रिपरिषद् गठन र विभिन्न आयोग तथा समितिहरू बनाउने प्रक्रियाको व्यापक छलफल गरिरहेको भएपनि मृतक परिवारका प्रतिनिधिहरूलाई कुनै पनि छलफलमा सामेल नगरिएको भन्दै मृतकका परिवारले असन्तुष्टि समेत जनाएका छन् ।








